PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

क्रान्तिको उद्घोष गर्दै वैद्यले भने : ओली सरकार दलाल वर्गको सुरक्षा कवच



पहिलोपोस्ट

क्रान्तिको उद्घोष गर्दै वैद्यले भने : ओली सरकार दलाल वर्गको सुरक्षा कवच

काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूजीपति र सामन्ती वर्गको सुरक्षा कवचको संज्ञा दिएका छन्। 

पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगले राजधानीमा आयोजना गरेको बृहत जागरण तथा युवा मार्चलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्। 

‘यो सरकार कम्युनिष्ट र वामपन्थीको सरकार होईन। देशी विदेशी प्रतिक्रियावादीले षड्यन्त्र गरेर आफ्नो सुरक्षा कवच तयार पारेका हुन्। यो सरकार दलाल पूजीपतिवर्ग, नोकरसाहि पूजीपति वर्ग र सामन्ती वर्गको एउटा सुरक्षा कवच हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले भनेजस्तो विकास र समृद्धि नेपालमा सम्भव नभएको वैद्यको दाबी थियो। 'देशको ढुकुटी रित्तो अवस्थामा रहेको सरकारका अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा प्रधानमन्त्रीले आफ्नो सामर्थ्य बाहिरको कुरा गरेर भ्रम छरेका छन्,' उनले भने। 

अधिकांश समय सरकारको विरोधमा खर्चेका वैद्यले राष्ट्रियता र राष्ट्रवादका नाममा प्रधानमन्त्री र प्रचण्डले भ्रम फैलाइरहेको आरोप लगाए। ‘राष्ट्रिय स्वानीनता रक्षा, सीमा अतिक्रमण विरुद्ध र असमान सन्धी सम्झौताबारे प्रधानमन्त्री बोल्दैनन्,’ वैद्यले भने, ‘हिजो राष्ट्रवादले भरिएका प्रचण्डले पुराना सन्धी-सम्झौता कार्यान्वयन गर्ने भन्दै २५ बुँदे सहमति गरे। अहिले प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्राममा त्यसमा छाप लगाएर आएका छन्।’ 

उनले नेपालको कम्युनिष्ट क्रान्तिको उत्तराधिकारीको बहस चलाउनुपर्ने समेत बताए। एमाले माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलनका उद्देश्य र मुल्यमान्यता छोडिसकेकोले कम्युनिष्ट आन्दोलनका उत्तराधिकारी क्रान्तिकारी पार्टी भएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell