PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

मुस्लिमको बिदा कटौतीबारे देउवाले भने : हामीले त दिएकै हो, ओलीले हटाइदिएछन



पहिलोपोस्ट

मुस्लिमको बिदा कटौतीबारे देउवाले भने : हामीले त दिएकै हो, ओलीले हटाइदिएछन

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा छँदा दिएको बिदा ओली सरकारले कटौती गरेकोमा रोष प्रकट गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा मुस्लिम संघको दोस्रो महाधिवेशन उद्घाटनमा सभापति देउवाले बिदा पुनस्थापनाका लागि कांग्रेसको साथ रहने बचनसमेत दिए।

हालै सरकारले कटौती गरेको बिदाप्रति मुस्लिम संघले विरोध जनाएपछि देउवाले भने, 'कांग्रेस सरकारले दिएकै हो। अहिले ओली सरकारले हटाइदिएछ। यसमा कांग्रेस मुस्लिमको पक्षमा छ।'

कांग्रेस हरेक धर्मलाई सम्मान गर्ने पार्टी भएको उल्लेख गर्दै सभापति देउवाले मुस्लिमहरु लोकतान्त्रिक पार्टी कांग्रेसमा आउनसमेत आह्वान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell