PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कर्मचारी बिनाकाम केन्द्रमा थुपारेका छन्, काम नपाएपछि मानसिक रोगी हुन बेर छैनः शंकर पोखरेल



चन्द्रकान्त खनाल

कर्मचारी बिनाकाम केन्द्रमा थुपारेका छन्, काम नपाएपछि मानसिक रोगी हुन बेर छैनः शंकर पोखरेल

रुपन्देहीः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेरले संघीय सरकारले अबको ६ महिनासम्म कर्मचारी नपठाए  केन्द्रीय कर्मचारी नस्वीकार्ने बताएका छन्। संक्रमणकाल सधैं नरहने बताउँदै पोखरेलले जनतालाई सेवा दिन नयाँ कर्मचारी राखेर सेवा दिने बताए। 

स्थानीय तहमा स्वास्थ्य सम्बन्धी २ दिन अभिमुखिकरण तथा छलफल  कार्यक्रमको समापन समारोहमा आज मुख्यमन्त्री  पोखरेलले  सेवा बिकेन्द्रीकरण भएको अवस्थामा पनि कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा जादैन भन्नु गलत भएको बताए।

संघीय सरकारले कर्मचारी केन्द्रमा थुपार्ने भनेको कर्मचारीलाई मानसिक  रोगी बनाउने बताए। केन्द्रमा काम केही छैन काम नभएपछि मानसिक रोगी हुने मुख्यमन्त्री पोखरेलको भनाई थियो। पहिलेको तुलनामा स्वास्थ्य क्षेत्रमा केही परिर्वतन भएपनि समयअनुसार परिर्वतन नभएको पोखरेलको भनाइ थियो।

प्रदेशमा रहेका क्षेत्रिय अस्पताल, अञ्चल अस्पताल र जिल्ला अस्पतालले सेवा बिशिष्टीकरण गर्दै खर्चमात्र होईन  आम्दानी गर्ने र आफू आफै निर्भर हुने तरिकाले काम गर्नुपर्नै उनको धारणा रहेको छ। पोखरेलले लुम्बिनी अञ्चल अस्पताललाई राम्रो बनाउन सके यसक्षेत्रका जनता बीर अस्पताल र अन्य महँगो अस्पताल जानुनपर्ने र अन्यक्षेत्रका यस क्षेत्रमा आउने वातावरण सिर्जना गर्न लाग्नु पर्ने बताए।

प्रदेश नं ५ का सामाजिक मन्त्री सुर्दशन बरालले  स्थानीय तहका जनप्रतिनिधिहरुले सेवा भन्दापनि पुर्वाधारलाई बढी प्राथामिकता दिएको कारण सेवामा समस्या देखिएको बताए। उनले प्रदेश नं ५ का १२ जिल्लामा रहेको स्वास्थ्य संस्थामा पूर्वाधार जनशक्ति र औषधि अभाब हुन नदिने तरिकाले काम गरेको बताए।

कार्यक्रममा स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक चुडामणि भन्डारीले सेवा कम आउने पायक नपर्ने जस्ता ठाउँमा रहेका हेल्थपोष्टलाई मर्ज गर्नुपर्ने बताए। निर्देशक भन्डारीले  प्रदेश स्थानिय तहमा जानेबारे अलमल भएको कारण कर्मचारी जान समस्या भएको बताउदै अब समस्या समाधान हुदै जाने उल्लेख गरे।

कार्यक्रममा संघीय संसदका सभाषद सुनिता शाक्यले  अरु क्षेत्रमाभन्दा स्वास्थ्यमा कमिसनको चक्कर बढी भएको आरोप लगाउँदै अरु क्षेत्रमाभन्दा स्वास्थ्यमा अनियमिति बढी भएको बताईन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell