PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

गोदावरी पुगेर खानेपानी मन्त्री मगरले भनिन्: मेलम्चीको पानी दशैंअघि नै आउँछ



पहिलोपोस्ट

गोदावरी पुगेर खानेपानी मन्त्री मगरले भनिन्: मेलम्चीको पानी दशैंअघि नै आउँछ

काठमाडौं: खानेपानी मन्त्री बिना मगरले खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मेवारी सरकारले लिने बताएकी छन्। ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित वासुकी–सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारण सभामा मन्त्री मगरले मन्त्रालयले पानीको मुहानको संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना ल्याउन लागेको समेत जानकारी दिइन्। 

‘मानव जीवनसँग खानेपानी प्रत्यक्ष रूपमा जोडिएकाले देशको विकास र समृद्धिमा स्वच्छ खानेपानी मुख्य पूर्वाधार हो,’ मन्त्री मगरले भनिन्, ‘सरकारले खानेपानीको संरक्षण र सम्वर्द्धनका लागि आवश्यक योजना बनाउँदै छ। सम्भवत आगामी आर्थिक वर्षमासम्म स्वच्छ खानेपानी व्यवस्थापनका लागि नयाँ योजना र कार्यक्रम तय हुने छ।’

कार्यक्रममा मन्त्री मगरले मेलम्चीको पानी दशैंअघि नै काठमाडौं आइपुग्ने आशा व्यक्त गरिन्। ‘मेलम्चीको पानी सम्भवत दशैंअघि नै काठमाडौ ल्याउने योजना छ, त्यही गतिमा काम भइरहेको छ,' मन्त्री मगरले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell