PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कांग्रेस बैठक अझै किन भएन शुरु?



पहिलोपोस्ट

कांग्रेस बैठक अझै किन भएन शुरु?

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै शुरु भएको छैन।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक ९ घन्टा बित्दा पनि शुरु भएको छैन।

यद्यपि पदाधिकारी तथा केन्द्रीय सदस्यहरु आजै बैठक हुने भन्दै छलफलमा छन्।

आज महामन्त्री शशांक कोइरालाले पार्टीको प्रतिवेदन पेश गर्ने  सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा उठेका सवालहरुको जवाफ दिने कार्यक्रम थियो।

तर, केन्द्रीय समितिमा महामन्त्रीले प्रस्तुत गर्ने विषयमै विवाद भएपछि बैठक अहिलेसम्म सुरु नभएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।

पार्टीको बैठक आजै सकाउने तयारीमा पदाधिकारी छलफलमा रहेको पार्टीका सुचना अधिकारी केशव रिजालले जानकारी दिए।

महामन्त्री कोइरालाको प्रस्ताव हिजै प्रस्तुत गरिने कार्यक्रम थियो। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदारले आफ्नो धारणा राखेपछि लन्च ब्रेक भएको थियो।

ब्रेकपछि महामन्त्रीले प्रतिवेदन पेश गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए। पछि पार्टी सभापतिको व्यस्तता देखाउँदै केन्द्रीय समिति स्थगित भयो।

महामन्त्री कोइरालाले मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र अरु दलसँग कसरी प्रस्तुत हुने भन्ने एजेन्डामाथि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम थियो।

आज विहान पनि १२ बजे मुस्लिम संघको दोस्रो महाधिवेशन केन्द्रीय कार्यालयमै आयोजना भयो। कार्यक्रम पार्टीका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरु उपस्थित भएका थिए। पदाधिकारीको सम्बोधनपछि केन्द्रीय समिति शुरु हुने भनिएपनि केन्द्रीय समिति अहिलेसम्म अनिश्चित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell