PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु



पहिलोपोस्ट

माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति माइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ फूलबारी बस्ने माइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएका थिए।

ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell