PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेशसभा बैठकलाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली, सम्बोधन जारी



चन्द्रकान्त खनाल

प्रदेशसभा बैठकलाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली, सम्बोधन जारी

रूपन्देहीः वैशाख २१ गतेका लागि आह्वान भएको प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि आजका लागि बोलाइएको छ। अहिले सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रदेशसभा बैठकलाई गर्न लागेको यो पहिलो सम्बोधन हो।

ओली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशसभा बैठकस्थल र सचिवालय आसपासका क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएका छन्।

बुटवलमा प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली लुम्विनी जाने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell