PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

डिजिएमटी क्रिकेट : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन



पहिलोपोस्ट

डिजिएमटी क्रिकेट : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं : दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मीलाई ३४ रनले हराउँदै नेपाल पुलिसले तेस्रो दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट क्रिकेटको उपाधि जितेको छ।

फाइनलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले ११४ रनको सामान्य लक्ष्य डिफेण्ड गर्दै च्याम्पियन बनेको हो।

११५ रनको लक्ष्य पछ्याएको आर्मी पुलिसको कसिलो बलिङसामु टिक्न नसक्दा ८० रनमै अलआउट भयो।

खेलमा टस जितेर आर्मीले पहिले फिल्डिङ रोज्दै पुलिसलाई ब्याटिङमा निम्ताएको थियो। १८.२ ओभरमा अलआउट हुँदै पुलिसले ११४ रन बनाएको थियो। पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २७ रन बनाएका थिए। दीपेन्द्र भरी र कुशल भुर्तेलले समान १८ तथा ललित भण्डारीले १८ रन जोडे।

आर्मीका सोमपाल कामी, सागर पुन, विक्रम सोब र सहाब आलमले २-२ विकेट लिए।

जवाफमा आर्मी पनि १८.२ ओभरमा ८० रनमै अलआउट भयो। आर्मीका लागि राजेश पुलामीले ३१ तथा सागर पुनले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अक छुन सकेनन्। आर्मीलाई अलआउट गर्न पुलिसका दीपेन्द्रले ४ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ३ विकेट लिए।

यस्तै सुनिल धमला, ललित राजवंशी र रामनरेश गिरीले समान २ विकेट लिए।

च्याम्पियन पुलिसले ३ लाख ११ हजार नगद हात पार्दा आर्मीले १ लाख ७१ हजारमा चित्त बुझायो।

यस्तै आर्मीका सागर पुन म्यान अफ दि सिरिज, पुलिसको आरिफ शेख बेस्ट ब्याट्सम्यान तथा आर्मीकै सहाब आलम बेस्ट बलर घोषित भए। सागरले ३१ हजार तथा आरिफ र सहाबले समान २१ हजार प्राप्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell