PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा तेस्रो स्थानको लिभरपुल स्टोक सिटीसँग बराबरीमा रोकिँदा चेल्सीले भने स्वान्सी सिटी विरुद्ध साँघुरो जित हात पारेको छ।

जितपछि चेल्सीले लिभरपुल बराबरीमा रोकिएको फाइदा उठाउदै अंक तालिकामा शीर्ष चारमा रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ।

लिभरपुल घरेलु मैदानमै स्टोकसँग गोलरहित बराबरीमा रोकिएपछि ३६ खेलबाट ७२ अंकका साथ तेस्रो स्थानमा छ।

सेस फाब्रेगासले चौथो मिनेटमै गरेको गोल मद्दतमा चेल्सीले स्वान्सीलाई १-० ले हरायो। ३५ खेलबाट ६६ अंक जोडेको चेल्सी पाँचौ स्थानमा छ। यस्तै ३४ खेल खेलेको टोटनहम ६८ अंकका साथ चौथोमा छ।  

शीर्ष स्थानको म्यानचेष्टर सिटीले यसअघि नै प्रिमियर लिग उपाधि पक्का गरिसकेको छ। दोस्रो स्थानको म्यानेचष्टर युनाइटेड ७४ अंक जोड्दै शीर्ष चारमा पर्ने लगभग तय भइसकेको छ। यस्तोमा लिभरपुल, टोटनहम र चेल्सी बाँकी दुई स्थानका लागि प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell