
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा तेस्रो स्थानको रियल मड्रिड र छैटौँ स्थानको भियारियल विजयी भएका छन्।
घरेलु मैदान सान्टियागो वर्नाबेउमा रियलले दश खेलाडीमा जरेको लेगानेसलाई २-१ ले हरायो। रियलका लागि गारेथ बेल र बोजा मोयारेलले पहिलो हाफमा गोल गरे। डार्को ब्रासानाकले दोस्रो हाफमा एक गोल फर्काए। इन्जुरी टाइममा लेगानेसका गाब्रीएलले रातो कार्ड पाएका थिए।
जितपछि रियलको ३४ खेलबाट ७१ अंक भएको छ।
यस्तै भियारियलले घरेलु मैदानमा सेल्टाभिगोलाई ४-१ ले हरायो। भियारियालका लागि कार्लोस बाक्काले ह्याट्रिक गरे। सामुएल कास्टिलेजोले एक गोल थपे। सेल्टाका लागि पियोने सिस्टोले एक गोल गरे।