PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

टुँडिखेलमा डण्डीबियोको 'ठ्याक लाउने’ च्यालेन्ज



पहिलोपोस्ट

टुँडिखेलमा डण्डीबियोको 'ठ्याक लाउने’ च्यालेन्ज

काठमाडौं: नेपालको पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित फिल्म ‘डमरुको डण्डीबियो’ टिमले टुँडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज सम्पन्न गर्‍यो। फिल्मका कलाकारसँगै उपस्थित सयौं प्रतिस्पर्धी उक्त च्यालेन्जमा सहभागी थिए । 

च्यालेन्जमा सिठ्ठो (सात),छैंटो,पाँचो ठ्याक लगाउनेलाई निर्माण टिमले क्रमश रु. २५००, १५००, ५०० बराबरको फूड/कफी, कुपन वा टिसर्ट/क्याप र इनर्जी ड्रिंक्स पुरस्कार दिएका थिए। त्यस्तै, तियो/चारो लगाउनेलाई टिसर्ट/पेन पुरस्कार दिइयो।

कलाकारहरु खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले र विनोद गुरुङले पनि प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए। खगेन्द्रका फ्यानहरुले उनिसँगै फोटो पनि खिचाए। 

छेतेन गुरुङ निर्देशित ‘डमरुको डण्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तमाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ। समृद्दी इन्टरटेनमेन्टको व्यानारमा निर्माण भएको फिल्ममा खगेन्द्र आफैको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ। फिल्म यहि बैशाख २१ मा प्रदर्शन हुनेछ। 


  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell