PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रदेश ५ सभामा प्रधानमन्त्रीको १ घण्टा भाषण : सिन्डीकेटसँग सम्झौता हुँदैन



चन्द्रकान्त खनाल

प्रदेश ५ सभामा प्रधानमन्त्रीको १ घण्टा भाषण : सिन्डीकेटसँग सम्झौता हुँदैन

रुपन्देहीः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्ध जयन्तीकोको विशेष समारोहमा सहभागी हुन रुपन्देही पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन्।

प्रदेशसभा बैठकमा १ घण्टा ४ मिनेट लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमिति र सिन्डीकेट जस्ता  अनुचित कुरा कसैसँग सम्झौता नगर्ने बताए छन्। 

प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक प्रदेशसभाको बैठकमा उभिएका प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमितता र सिन्डिकेटमा देश नअल्झिने बताए। ‘लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि पर्‍यो,’ उनले अगाडि भने, ‘अब नागरिकलाई आर्थिक रूपले सम्पन्न बनाउनु छ र देशलाई समृद्ध बनाउनु छ अनावश्यक कुरामा अल्झिने समय छैन।’ 

प्रधानमन्त्री ओलीले तीनवटै सरकारको ध्यान आर्थिक विकास र समृद्धि तर्फ लक्षिण हुनुपर्ने बताए। प्रदेश ५ मा समृद्धिका लागि प्रचुर सम्भावनाहरू रहेको उनको भनाई थियो। ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएका कारणले यो प्रदेशमा निकै ठूला अवसरहरू रहेका छन्, यहाँहरूले यो अवसरलाई उपयोग गर्नुहुने छ,’ प्रधानमन्त्री ओलीले भने। 

उनले धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन कृषि, उद्योग, व्यापार लगायतका धेरै सम्भावना प्रदेश ५ मा रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले  यसको योजनाबद्ध विकासमा लाग्न समेत निर्देशन दिए। 

उनले आफ्नो श्रोत र साधनले मात्रै नेपालको विकास र समृद्धिका लागि छिमेकीको सिप र सहयोग लिइने समेत बताए। 

‘प्रधानमन्त्रीले पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा खुसी व्यक्त समेत गरे। ‘संघीय संरचना अनुसारको प्रदेश सभामा पहिलो पटक सम्बोधन गर्न पाएकोमा मलाई खुसी लागेको छ,’ उनले भने, ‘यो खुसी जनतालाई पनि दिलाउने तरिकाले काम अघिबढेको छ, अब कुनै पनि नेपाली खान नपाएर भोकै र चिसोले कठ्याङ्ग्रिएर मर्न पर्दैन, सुखी नेपाली समृद्ध नेपाल सपना पूरा हुन्छ।’ पधानमन्त्री ओलीले  धराशायी भएका उद्योगहरूलाई सञ्चालन गर्ने तयारीमा सरकार लागेको समेत बताए। 

ओली आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५ सय ६२ औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell