PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

फिल्म ‘हरी’ को पोस्टरमा बिपिनको तीन लुक्स



पहिलोपोस्ट

फिल्म ‘हरी’ को पोस्टरमा बिपिनको तीन लुक्स

काठमाडौं: जेठ ४ मा प्रदर्शन हुने फिल्म ‘हरी’ को तीन पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा भर्सटायल अभिनेता बिपिन कार्कीको फरक-फरक अवतार देख्न सकिन्छ।

यस फिल्मबारे दर्शक त्यति जानकार छैनन्। केहि समयअघि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेपनि बिपिनका फ्यानबीच मात्र फिल्मको चर्चा छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचार गरेका छैनन्।

सस्पेन्स कमेडी विधामा बनेको फिल्ममा बिपिनसँगै 'नाका'मा देखिएकी कलाकार थिन्ले ल्हामोको पनि अभिनय छ। फिल्ममा बिपिन र थिन्लेसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

सफल केसी र प्रतिक प्रतीक गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई  शुभलाभ फिल्म प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो।  योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा फिल्मका कार्यकारी निर्माताहरु हुन्। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell