PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

श्रीमतीसँग विवादपछि दुई झडेकलो छोराको हत्या



पहिलोपोस्ट

श्रीमतीसँग विवादपछि दुई झडेकलो छोराको हत्या

काठमाडौं: काठमाडौंको नयाँ बानेश्वरमा दुई छोरा हत्या गरी फरार भएका दिलिप यादवलाइ प्रहरीले पक्राउ गरेको छ। 

यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार सिराहाका मलहानियाबाट पक्राउ गरेको हो। नयाँ बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका यादवले झड्केलो छोराको हत्या गरेका हुन्। 

८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए।
 
गत सोमवार यादवकी आमाले महानगरीय प्रहरी बृत्त बानेश्वरमा नाति हराएको भन्दै उजुरी गरेकी थिइन्। तर, शुक्रवार बिहान भने यादव आफैले छोराको हत्या गरेको फोनमार्फत् परिवारलाई जानकारी गराएका थिए। 

हत्या गरिएका बालकका आमा सम्झना सरदार र दिलिप एक वर्षदेखि सँगै बस्दै आएका थिए। एक महिना अगाडि सम्झना काम खोज्न भन्दै विराटनगर गएकी थिइन्। दिलिप र सम्झनाबीच एक महिनादेखि सामान्य विवाद देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell