PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बुद्धको प्रचार हुन सकेन: पर्यटनमन्त्री अधिकारी



पहिलोपोस्ट

बुद्धको प्रचार हुन सकेन: पर्यटनमन्त्री अधिकारी

काठमाडौं:  भगवान बुद्धको २५६२ औं जन्म जयन्तीको अवसरमा द महासिद्ध स्यांचुरी फर युनिभर्सल पिस केन्द्रको भवन शिलान्यास भएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारीले भवनको शिलान्यास गरेका हुन्। 

मन्त्री अधिकारीले केन्द्रको सम्पूर्ण काम तोकिएको समयमा सम्पन्न गर्नका लागि आग्रह गर्दै भगवान बुद्धको बारेमा धेरै प्रचार गर्न बाँकी रहेको बताए। त्यसका लागि सरकारले संसार भररहेको नेपाली दूतावासबाट काम सुरु गरिसकेको जानकारी दिए। केन्द्रको निर्माण सम्पन्नको लक्ष्य ४ वर्षको रहेको छ।

श्याल्पा तेन्जन रिन्पोचेले बुद्ध भुमि लुम्बिनीमा आफूहरु धेरै काम गर्न खोजेको बताए। त्यसका लागि सरकार र स्थानीयको सहयोग हुनुपर्ने उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell