काठमाडौं: नयाँ संगीत व्याण्ड ‘प्रोजेक्ट वान’ले 'फेरी उठ्नेछ नेपाल ४' शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ। व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा जावलाखेलमा फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा नेपथ्यसँग नै पोखरामा कन्सर्ट गरेको थियो।
फेरी उठ्नेछ नेपालको पहिलो कन्सर्ट बनेपामा शनिवार सम्पन्न भएको छ। कन्सर्टमा सबैले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए। साथै एक अर्काका गीत गाउने क्रममा रविनले मुक्तिको गीत अनि स्याडोजले अनुप्रस्थको गीत गाएका थिए। कन्सर्टमा युवा दर्शकको भिड देखियो।
व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफुहरुलाई उर्जा मिलेको बताए । व्याण्डका वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गितारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डबका निखिल तुलाधर छन्।