PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

‘काले दाइ’को पहिलो गीत सार्वजनिक



पहिलोपोस्ट

‘काले दाइ’को पहिलो गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ। सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो। 

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन्। फिल्ममा इन्द्र,बिनु, रामचन्द्रसँगै  शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतको मुख्य अभिनय छ। 

गत वर्ष प्रदर्शन भएको फिल्म ‘पर्व’को हिट गीत ‘काले दाइ' बाट नाम सापटी लिएर बनाएको फिल्मलाई शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेका हुन्। ‘काले दाइ’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell