PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ उत्‍कृष्ट



पहिलोपोस्ट

काठमाडौं: ‘मेरो संघिय नेपाल’ शिर्षकमा सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ नाम दिइएकै फिल्म विजेता भएको छ। वाइके थापाद्धारा निर्देशित फिल्म युनिटलाई एक लाख नगद प्रदान गरियो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा भएको प्रतियोगितामा १० फिल्म रहेका थिए।

गर्र्भनेन्स फ्यासिलिटीको आर्थिक सहयोगमा भएको प्रतियोगितामा सहभागी फिल्महरु स्क्रिनिङ समेत भए। संघीयताका विभिन्न आयामलाई उजागर गर्ने विषय समेटिएका डकुमेन्ट्री, कथानक फिल्म, एनिमेशन, न्युजरिल तथा श्रव्यदृश्य प्रदर्शन भएका हुन्। हरेक फिल्म पाँच मिनेटसम्म लामो थिए। प्रतियोगितामा दुई दर्जन फिल्म रहेपनि फिनालेका लागि १० फिल्म छानिएका हुन्।

त्यस्तै राजेन्द्र मर्जनले निर्देशन गरेको फिल्म ‘पहिचान’ले अवार्डसहित ६० हजार नगद जित्न सफल भयो। कम्पिटेशनमा विष्णु प्रसादन गौतम निर्देशित ‘म भन्छु’ले अवार्डसहित ४० हजार नगद हात पारेका छन्।

प्रतिस्प्रर्धा जुरी सदस्यमा अनुप सुवेदी, अरुण देव जोशी र पुजा पन्त रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell