PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

इलाइट प्लेअर सिरिज खेल्न सिंगापुर जाँदै अनिल शाह



पहिलोपोस्ट

इलाइट प्लेअर सिरिज खेल्न सिंगापुर जाँदै अनिल शाह

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिल कुमार शाह दोस्रो संस्करणको 'इलाइट क्रिकेट सिरिज' खेल्न सिंगापुर जाँदैछन्।

टी-२० फर्म्याटको उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टिमबाट खेल्नेछन्। उक्त टिममा जिम्वावेका रिचर्ड एनगराभसँगै अनिल विदेशी खेलाडीको रुपमा छन्। प्रशिक्षकमा पाकिस्तानका बिलाल असाद छन्।

अनिलको सम्पूर्ण खर्चको व्यवस्था सिंगापुर क्रिकेट एसोसिएसनले ब्यहोर्ने क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)ले जनाएको छ। सिप्यानले सिंगापुर क्रिकेट एसोसिएसनसँगको सहकार्यमा अनिललाई खेल्ने व्वयस्था मिलाएको हो।

प्रतियोगितामा क्रिमसनसँगै क्रेससेन्ट र स्टार्स गरी तीन टिमको सहभागिता छ। डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानको टिमले फाइनल खेल्नेछ।

अनिलले गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टू मा केन्या विरुद्ध नेपालको सिनियर टिमका लागि डेब्यु गरेका थिए।

एपीएफबाट घरेलु क्रिकेक खेल्ने अनिलले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स तथा धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell