PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

पदाधिकारी मनोनयनबारे विगत सम्झाउँदै शशांकले भने - देउवासँग स्पष्ट बहुमत छ



पहिलोपोस्ट

पदाधिकारी मनोनयनबारे विगत सम्झाउँदै शशांकले भने - देउवासँग स्पष्ट बहुमत छ

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज बैठक डाकेका छन्।

निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्।

पदाधिकारी प्रस्तावका लागि आज बिहान ८ः ३० मा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ।

१३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएन।

पदाधिकारी मनोनयन किन ढिला भन्ने प्रश्नमा कांग्रेस महामन्त्री शशांक कोइरालाले सुशील कोइरालाको कार्याकाल सम्झाए।

विधानअनुसार  दुई महिनाभित्रै हुनु पर्नेमा ढिला भएको उल्लेख गर्दै कोइरालाले सुशील सभापति हुदाँ पनि दुई वर्षपछि मनोनयन भएको बताए।

उनले भने, ‘विधानअनुसार त दुई महिनाभित्रै हुनुपर्ने हो, तर, हुन सकेन, पहिले पनि भइसकेको छ। हुन त सुशील कोइरालाको पालामा पनि दुई वर्षपछि भएको थियो।’

पदाधिकारी मनोनयन विधान विपरीत नजाने स्पष्ट पार्दै परिआए स्पष्ट बहुमत रहेको र सभापतिले विधान संशोधन गरेरै भएपनि मनोनयन गर्न सक्ने महामन्त्री कोइरालाको भनाइ रहेको थियो।

यो पनि पढ्नुहोस्:

कांग्रेस जिल्ला सभापतिको भेला जेठमा, महासमिति भदौमा : पदाधिकारी प्रस्तावका लागि अाज अर्को बैठक

कांग्रेस पदाधिकारी मनोनयन: उपसभापतिमा निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का?

गच्छदारलाई उपसभापति बनाउने देउवाको तयारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell