PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

आज बुद्ध जयन्ती र उभौली, प्रधानमन्त्री ओलीले दिए शुभकामना



पहिलोपोस्ट

आज बुद्ध जयन्ती र उभौली, प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन्। 

बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको प्रधानमन्त्रीको भनाइ छ। 

आजै २५६२ औं बुद्ध जयन्ती हो। यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell