A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7edfba0d6a14.55757301): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7edfba0d6a14.55757301,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

आज कांग्रेस पदाधिकारी मनोनयन बैठक: यस्तो छ देउवाको तयारी
PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आज कांग्रेस पदाधिकारी मनोनयन बैठक: यस्तो छ देउवाको तयारी



नेत्र तामाङ

आज कांग्रेस पदाधिकारी मनोनयन बैठक: यस्तो छ देउवाको तयारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज बैठक डाकेका छन्।

निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्।

पदाधिकारी प्रस्तावका लागि आज बिहान ८ः ३० मा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ।

१३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएन।

निर्वाचन समीक्षामा तीव्र आलोचना खेपेका देउवाले आफू इतरका नेताहरुलाई पदाधिकारीमा ल्याउने तयारी गरेका छन्।


उपसभापति को-को?


उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारको दाबी रहँदै आएको छ। सरकारमा रहँदा निधिले प्रहरी महानिरीक्षक नियुक्तिमा नसघाएकाले रुष्ट रहेका देउवाले निधिलाई उपसभापति नदिने कतिपयको अड्कल छ। यसबारे निधिलाई केन्द्रीय समितिमै कतिपय सदस्यहरुले घोचपेच गरेका थिए। तर महाधिवेशनको गुण सम्झँदै निधिलाई नै उपसभापति दिने तयारीमा देउवा रहेको एक केन्द्रीय सदस्यले बताए।

यता नेपाल लोकतान्त्रिक फोरम विलय गरी आमन्त्रित सदस्य भएका गच्छदारले पनि उपसभापतिको दाबी गर्दै आएका छन्। विधानअनुसार गच्छदार उपसभापतिका लागि  योग्य छैनन्। 

गच्छदारलाई चित्त बुझाउनकै लागि कांग्रेसमा विधान संशोधन गरी उपसभापतिको पद थप्ने तयारीमा देउवा लागेका छन्। विधान संशोधनका लागि विधान संशोधन समिति गठनको तयारीसमेत भएको छ। समितिको सिफारिशमा कार्य सम्पादन समितिले विधान संशोधन गर्छ। 

गच्छदारले  पार्टी प्रवेश गर्दाको सहमति स्मरण गराउँदै उपसभापति दाबी गरेपछि देउवा यस्तो तयारीमा लागेका हुन्। 

महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा


यता महामन्त्री छान्न पनि देउवालाई मुश्किल पर्ने देखिन्छ। ६०/४० देखाएर पौडेल पक्षले महामन्त्रीमा दाबी गरेपनि पौडेल पक्षको नाम देउवाको पोल्टामा अटेको छैन। महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा रहेको छ। खड्का सुशील कोइराला सभापति हुँदा देउवा पक्षबाट सहमहामन्त्री भएका थिए।

यसैगरी डा. प्रकाशशरण महत, बालकृष्ण खाण र ज्ञानेन्द्र कार्कीको नाम पनि महामन्त्रीको लाइनमा छ। देउवाले आफ्नो नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिएकाले कार्की भने पछि हट्ने देखिएको छ। त्यसैगरी खाणलाई प्रतिनिधि सभामा प्रमुख सचेतकको जिम्मेवारी दिएर देउवाले थमथमाइसकेका छन्। 

विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयनका लागि सभापतिले केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने व्यवस्था छ। प्रस्तावित नाममा सहमति जुट्न नसके निर्वाचित केन्द्रीय सदस्यको बैठकले त्यसको टुंगो लगाउने प्रावधान विधानमा छ।

यद्यपि विधान संशोधन गरी महामन्त्रीसमेत बढाउने तयारीमा देउवा टिम लागेको छ। अबको केन्द्रीय समितिमा कम्तिमा पनि २ उपसभापति ३ महामन्त्री र ७ सहमहामन्त्री बनाउने तयारी देउवाको छ। 

यता महामन्त्री नपाए सहमहामन्त्रीमा पाउनै पर्ने अडानमा पौडेल पक्ष रहेको छ। पौडेल पक्षले यस पदका लागि मानबहादुर विश्वकर्माको नाम देउवालाई दिइसकेको छ। 

कांग्रेसमा महाधिवेशन सकिएको दुई वर्ष नाघिसक्दा पनि केन्द्रीय सदस्यहरुको मनोनयन पूरा भएको छैन। सभापति देउवाले यी सबै पदाधिकारी र सदस्यहरुको मनोनयन विधान संशोधन गरी एकैपटक गर्लान् वा पहिले विधानसम्मत् मनोनयन गरी बाँकी पछि गर्लान् त्यो भने खुलाइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell