PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी



पहिलोपोस्ट

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

लुम्बिनी: प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

लुम्बिनीबाट सुरु भएको शान्ति र्‍यालीमा करिव २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी भए।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गरेका थिए भने अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको निरीक्षण गरे।

आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका प्रधानमन्त्री सोमबार नै काठमाडौं फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell