PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कांग्रेसको मुस्लिम संघमा १० वर्षपछि महाधिवेशन: विवादकाबीच नेतृत्वमा सत्तार नै दोहोरिए



पहिलोपोस्ट

कांग्रेसको मुस्लिम संघमा १० वर्षपछि महाधिवेशन: विवादकाबीच नेतृत्वमा सत्तार नै दोहोरिए

काठमाडौं: नेपाली का‌ग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा अब्दुल सत्तार नै दोहोरिएका छन्। 

वैशाख १५ र १६ मा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतवार राति विवादकाबीच सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो ।

कूल ७५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी २३ जना मनोनीत गरिनेछ। २०६४ मा सत्तारकै नेतृत्वमा गठन भएको मुस्लिम संघको पहिलो महाधिवेशन २०६६ सालमा भएको थियो। प्रत्येक ३ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान रहे पनि नेतृत्वले विविध कारण देखाउँदै झन्डै दश वर्षपछि महाधिशेन आयोजना गरेको हो। अध्यक्षमा सत्तारले दाबी गरेपछि महाधिवेशन आयोजनस्थलमा केहीबेर तनावसमेत उत्पन्न भएको थियो।

संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दीन, उपाध्यक्ष रफिक मिया, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मिया, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहीदा मिया र महासचिव मुत्तार अहमद चयन भए। 

यस्तै सचिवमा मोहमद सफिक मुसलमान, प्रवेज आलम, मोहमद कमरुद्दीन, जमिल अब्तर शेख, एकरामुल शेख, सराफद अलि, जमिला मिया, रहमदतुल्ला मिया, कोषाध्यक्ष मोहमद जुनैद र सहकोषाध्यक्ष राजेन मिया निर्वाचित भए।

४३ जिल्लामा संगठन रहेको संघमा ४१ जिल्लाका झण्डै ३५० प्रतिनिधिको सहभागिता रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell