PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कांग्रेस पदाधिकारी मनोनयन बैठक २१ गतेका लागि स्थगित



पहिलोपोस्ट

कांग्रेस पदाधिकारी मनोनयन बैठक २१ गतेका लागि स्थगित

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पदाधिकारी मनोनयनका लागि बिहान ८: ३० बजे बोलाएको बैठक ११ बजे स्थगित भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अर्को बैठक २१ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।

पदाधिकारी मनोनयनमा विवाद कायमै रहेपछि बैठक रोकिएको एक केन्द्रीय सदस्यले बताए। आजको केन्द्रीय समितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने कार्यक्रम रहेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell