PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कांग्रेस बैठक स्थगित



पहिलोपोस्ट

कांग्रेस बैठक स्थगित

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहानको लागि बोलाएको बैठक स्थगित भएको छ।

निर्वाचन समीक्षा सम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक बोलाएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकप्रति असन्तुष्टि देखाएपछि बैठक स्थगित भएको हो ।

१३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएन। बैठक बैशाख २१ गतेसम्मलाई स्थगति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell