
काठमाडौं: फिल्म 'हैरान'ले प्रचार प्रसारलाई तिव्र बनाएको छ। गीत, टिजर र पोस्टरलाई प्रचार अस्त्र बनाएको फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गर्यो।
सार्वजनिक ’हिरो’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतमा संगीत र स्वर राजन इशानको रहेको छ भने गीतलाई गम्भीर विष्टले लेखेका हुन्।
गीतको भिडियोमा फिल्मका कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मी फिचर्ड छन्।
गीतमा कोरियोग्राफी पनि गम्भिरकै रहेको छ। उनका अनुसार गीतमा आफुलाई हिरो मान्ने पात्रको मनोभावलाइ देखाइएको छ। जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन्।
फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ।
डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य,किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन्।