PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

क्ले कोर्टमा नाडाललाई ५५औँ उपाधि



पहिलोपोस्ट

क्ले कोर्टमा नाडाललाई ५५औँ उपाधि

क्ले कोर्टका बादशाह राफेल नाडाले ११औँ पटक बार्सिलोना टेनिसको उपाधि जितेका छन्।

फाइनलमा ग्रीसका स्टेफानोस टिट्सिपासलाई ६-२, ६-१ ले पराजित गर्दै विश्व नम्बर वान नाडालले ५५औँ पटक क्ले कोर्टमा उपाधि जितेका हुन्। ६३औँ वरीयताका टिनएज खेलाडी स्टेफानोसलाई नाडालले पहिलो सेटमा ४० तथा दोस्रो सेटमा ७७ मिनेटमा हराए।

३१औँ वर्षीय नाडालले फाइनल पुग्ने क्रममा क्ले कोर्टमा चार सयौँ खेल जितेका थिए।

गत साता मात्र मोन्टेकार्लोको उपाधि जितेका नाडालको टेनिस करियरमा यो ७७औँ उपाधि हो।

णपन एरामा सर्वाधिक उपाधि जित्नेमा नाडा जोन म्याकएनरोएसँगै चौथो स्थानमा छन्। जिम्मी कोनवर्सले १०९, रोजर फेडेररले ९७ तथा इभान लेन्डलले ९४ उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell