PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

‘किड्स क्यापिटल –२०१८’ को उपाधि प्रकृति र प्राप्तीलार्इ



पहिलोपोस्ट

‘किड्स क्यापिटल –२०१८’ को उपाधि प्रकृति र प्राप्तीलार्इ

काठमाडौं: ‘किड्स क्यापिटल –२०१८’ को उपाधि ९ वर्षीय प्रकृति भट्टराई र १३ वर्षीय प्राप्ती थापाले जितेका छन् । काठमाडौंमा सम्पन्न प्रतियोगितामा प्रनिशा भट्टराई तथा प्राजु तामाङ फस्ट रनर्सअप हुँदा डेनियल प्रधान र मायेशा शर्मा सेकेण्ड रनर्सअप भए।

सर्वांणी चौलागाईं तथा स्तुती श्रेष्ठले थर्ड रनर्स अपको उपाधिमा चित्त बुझाए। टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजनामा गरेको बालबालिकाहरुको प्रतिभा तथा सौन्दर्य सम्बन्धि प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका ४५ जना बालबालिकाहरु सहभागी थिए। रिभा मानन्धरले पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन्।

कलाकार एसराज गराचले प्रतियोगितामा कोरियोग्राफी गरेका थिए। प्रतियोगितामा निर्भानलाल मास्के तथा प्राप्ती थापाले मोस्ट पपुलर, प्रिंसल जंग थापा तथा स्तुती श्रेष्ठले मोस्ट पपुलर अन इन्टरनेटको, डेनियल प्रधानले बेस्ट एक्टर, साथै अर्शिना भट्टराई तथा प्राप्ती थापाले मोस्ट टे्यालेन्टेडको उपाधि जित्न सफल भएका छन्।

प्रतियोगितामा अन्य बालबालिकाले विभन्न विधामा उपाधि प्राप्त गरेका थिए। उषा खड्गी, पूनम क्षेत्री, ज्योत्सना योगी, सुब्रतराज आचार्य, रुस्का बैद्य, दिक्पाल कार्की, अक्ष्ँयजंग रायमाझी तथा रोशन कुमार प्रतियोगितामा निर्णायक थिए। आयोजक संस्थाकी प्रवन्ध निर्देशक विजया शाहका अनुसार गायिका कुन्ती, मोक्तान, गोपाल ढकाल छन्दे, सञ्जित भण्डारी, रोहित रुम्बा लगायतले मनोरञ्जनात्मक प्रस्तुती पस्केका थिए।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell