PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

पत्रकारकै भेषमा वम्बर, विस्फोटमा मारिए ७ पत्रकार



पहिलोपोस्ट

पत्रकारकै भेषमा वम्बर, विस्फोटमा मारिए ७ पत्रकार

अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा परी कम्तिमा पनि ७ पत्रकारहरु मारिएका छन्। समाचार संस्था एएफपीले काबुल ब्युरोमा रहेका आफ्नो चिफ फोटोग्राफर शाह मराईको मृत्यु भएको कन्फर्म गरेको छ। 

एएफपीले ट्विट गर्दै भनेको छ : ‘अफगानिस्तानको राजधानीमा भएको आत्मघाती बम हमलाको रिपोर्टिङ गर्न हतारिएका पत्रकारमाथि लक्षित गरी भएको विस्फोटमा उनी मारिए।’ 

आत्मघाती हमलाका लागि तयार भएका वम्बरले आफूलाई पत्रकारकै रुपमा उपस्थित गराएका थिए। 
 

मारिएका अन्य पत्रकारको पहिचान सार्वजनिक गरिएको छैन। अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले दिएको सूचनाअनुसार दुई वटा विस्फोटमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ भने अन्य ४१ जना घाइते भएका छन्। 

आज बिहान ८ बजे पहिलो विस्फोट भएको थियो। त्यसको २० मिनेटमा दोस्रो विस्फोट भएको थियो। दोस्रो विस्फोटमा पत्रकारहरु परेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell