PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने
Photo: FMPRC

बेइजिङः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन्। 

मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएका छन्। 

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको सिन्ह्वाले जनाएको छ। 

पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेका बेला विदेशमन्त्री यीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो। 

यीले उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने बताइएको छ।  जानकारी शनिबारमात्र दिनुभएको छ । 

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्नुभएको यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell