PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

चार जिल्लाका प्रहरी प्रमुखको सरुवा



पहिलोपोस्ट

चार जिल्लाका प्रहरी प्रमुखको सरुवा

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले चार एसपीको सरुवा गरेको छ। धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा भएको हो।

केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ। एसपी डम्वरबहादुर विकलाई धादिङ,लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो। चारै जनालाई काजमा सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाले बताए।

मकवानपुरका एसपी विकासराज खनाल ३३ केजी सुन काण्डमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। एसपी शेखर कोइराला र धुर्वराज राउतलाई हेडक्वाटर सरुवा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell