
काठमाडौं: फिल्म ‘डोली’को छायाँकन सुरु भएको छ। निर्माण टिमका अनुसार नुवाकोट रारा, जुम्ला तथा काठमाडौंमा फिल्मको छायाँकन हुनेछ। राज बहादुरको निर्देशनमा बन्ने फिल्ममा कलाकारहरू किशोर खतिवडा, अर्जुन गुरुङ(भंगेरी डन), हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान, संगिता नापित , सतिस खत्री तथा बिरने डिसी लगायतको अभिनय रहनेछ।
फिल्ममा भने किरण नेपालीको लगानी, जय राम थापाको सिनेमाटोग्रोफी, सि डि बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगित रहेकोछ। फिल्मको छायाँकन ३५ दिनसम्म हुनेछ।