PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

आइपीएल मिड सिजन ट्रान्सफर, को-को छर्न चर्चामा?



पहिलोपोस्ट

आइपीएल मिड सिजन ट्रान्सफर, को-को छर्न चर्चामा?

काठमाडौं : फुटबलको लिगमा खेलाडी किनबेच हुनु सामान्य नै बनिसकेको छ। वर्षमा दुई पटक खेलाडीको ट्रान्सफर हुन्छ फुटबलमा।

अब यो नियम क्रिकेटमा पनि लागू हुँदैछ। भारतमा भइरहेको ११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा यो नयाँ नियम लागू हुन लागेको हो।

डेढ महिना चल्ने लिगमा म्याच नम्बर २८ देखि म्याच नम्बर ४२ को बीचमा यो ट्रान्सफर प्रक्रिया लागू हुनेछ।

आइतवारबाट यो नियम लागू भएको हो। आइतवार म्याच नम्बर २९ र ३० भइसकेको छ। अब १२ म्याचको बीचमा (मे १० सम्म) यो ट्रान्सफर लागू हुनेछ।

यस बीचमा आइपीएल खेल्ने दुई टिमले आपसी समझदारीमा खेलाडी साटफेर गर्न पाउँनेछन्। त्यसका लागि अनक्याप्ड प्लेअर वा क्याप्ड प्लेअर मध्ये अहिलेसम्म दुई भन्दा बढी खेल नखेलेको खेलाडी हुनुपर्नेछ।

यसका लागि केही स्टार खेलाडीहरु समेत लायक छन्। जसमा मुम्बई इन्डियन्सका जेपी डुमीनी र रोएल च्यालेन्जर्स बैंगलोरका मोइन अलीको नाम अगाडी छ। डुमिनीले एक मात्र खेल खेलेका छन् भने अलीले कुनै खेल खेल्न पाएका छैनन्।

यस्तै मुम्बईकै एडम मिल्ने, चेन्नाईका डेविड विली, बैंगलोरकै कोलिन डे ग्रान्डहोम, दिल्लीका सन्दीप लामिछाने, हैदरावादका एलेक्स हाल्सको नाम अगाडी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।हाल्सले आइतवार हैदरावादका लागि पहिलो खेल खेलेका थिए। यस्तै अन्य खेलाडीहरु पनि मिड ट्रान्सफरका लागि उपलब्ध छन्।

लिग लामो समय चल्ने र एक/दुई दिनको अन्तरमा म्याच खेलिरहनुपर्ने हुनाले टिम कम्बिनेसन मिलाउनका लागि सहभागी टिमलाई यो उपयुक्त अवसर समेत हुन सक्नेछ। प्लेइङ एघारमा विदेशी खेलाडी ४ जना मात्र राख्न पाउने नियमका कारण पनि प्राय टिमलाई कम्बिनेसन मिलाउन समस्या हुँदै आएको छ। यस्तै प्रतियोगिताको समयमा खेलाडी घाइते हुने हुँदा पनि मिड ट्रान्सफर उपयुक्त विकल्प हुन सक्छ।

मुम्बईका कप्तान रोहित शर्माले यस प्रकियालाई सकरात्मक मानेका छन्। मिड सिजन ट्रान्सफर विन्डोले टिम तयार पार्न के आवश्यक छ त्यसलाई पूरा गर्ने अवसर दिनेछ। भारतीय खेलाडी शर्माले भने, 'कुनै खेलाडी लिने वा दिने भन्ने विषय फ्रान्चाइजमै निर्भर रहन्छ। प्रतियोगिताको लागि यो राम्रो सुरुवात हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell