PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

पत्थरीको अप्रेशन गर्ने नयाँ प्रविधि पूर्वाञ्चलमा पहिलोपटक



पहिलोपोस्ट

पत्थरीको अप्रेशन गर्ने नयाँ प्रविधि पूर्वाञ्चलमा पहिलोपटक

विराटनगर : पत्थरी भएका बिरामीहरुको सहजताका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ प्रविधि प्रयोगमा ल्याएको छ। किड्नी र पिसाब नलीमा पत्थरी भएका बिरामीहरुको लागि कलेजले नयाँ 'होल्मियम लेजर प्रविधि' भित्र्याएको हो।

बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार पहिलोपटक पुर्वाञ्चलमा होल्मियम लेजर प्रविधि सेवा सुरु भएको हो। पुर्वाञ्चलबाहेक काठमाण्डौंका केही अस्पतालमा मात्रै यो सेवा संचालनमा रहेको छ।

होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीले कुनै किसिमको चिन्ता गर्ननपर्ने अवस्थाको सृजना भएको उनले बताए। भने, 'सेवा केही महंगो भएपनि बिरामीले गुणस्तरीय सेवा पाउनेछन्। स्वास्थ्यमा देखिने जोखिमबाट छुटकारा पाउँनेछन्।'

बिरामीहरुलाई न्यून शुल्कमा अत्याधुनिक उपकरणका माध्यमबाट सर्वसुलभ स्वास्थ्य उपचार सेवा पुर्‍याउने उदेश्यले नयाँ प्रविधि भित्र्याएको डा. कार्कीले बताए। कार्की अनुसार यस प्रविधिले ढुङ्गालाई सिधै धुलो बनाई सिधै पिसावका माध्यमबाट बाहिर पठाउँने गर्छ। चिकित्सकका अनुसार बिहान ढुङ्गा निकालेको बिरामी बेलुका आफै हिडेर घर जाने छन्।

कलेजले सुरुवाती दिनमा बिरामीलाई २० प्रतिशत छुट दिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell