PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

रहेनन् एनआरटीका उपाध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी विनय प्रधान



पहिलोपोस्ट

रहेनन् एनआरटीका उपाध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी विनय प्रधान

काठमाडौं : ए डिभिजन क्लब न्यूरोड टीम (एनआरटी)का वरिष्ठ उपाध्यक्ष विनय सिंह प्रधानको आइतवार साँझ निधन भएको छ।

पूर्व क्रिकेट खेलाडी समेत रहेका प्रधानको ब्रेन ह्यामरेजका कारण निधन भएको हो। एनआरटी क्लबका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार आइतवार बेलुका त्रिपुरेश्वरबाट छुटेका प्रधानको कालीमाटी नजिकै स्कुटर अनियन्त्रित भई पल्टेको थियो। त्यसपछि उनलाई ट्रमा सेन्टर पुर्‍याउँदा मृत्यु भइसकेको थियो।

आइतबार साँझ बा ७७ प ८२४३ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो। सीतापाइलाका प्रधान घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। 

प्रधानको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि सोमवार त्रिपुरेश्वरस्थित एनआरटी परिसरमा राखिएको थियो। त्यसपछि पशुपतिमा  अन्त्येष्टिका लागि लगिएको हो।

एनआरटीको काठमाडौं खेल मण्डल (केकेएम)बाट लामो समय क्रिकेट खेलेका प्रधान काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell