काठमाडौं : अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसरमा 'राम कहानी' टीमले फिल्मको पहिलो गीत सार्वजनिक गरेका छन्। अर्जुन पोख्रेलको शब्द तथा संगीतमा फिल्मको 'तिम्रो लागि म छु' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्।
भिडियोमा अभिनेत्री पुजासँगै अभिनेता आकाश श्रेष्ठ, केदार प्रसाद घिमिरे, विल्सन विक्रम रार्इ, जीतु नेपाल, रवीन्द्र झा फिचर्ड छन्। गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वर रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म भदौ २२ मा प्रदर्शन हुनेछ।