PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

यू-१६ राष्ट्रिय क्रिकेट : २ नम्बर प्रदेशले गर्‍यो सर्वाधिक रन चेस, सेमिफाइनल समिकरण पुरा



पहिलोपोस्ट

यू-१६ राष्ट्रिय क्रिकेट : २ नम्बर प्रदेशले गर्‍यो सर्वाधिक रन चेस, सेमिफाइनल समिकरण पुरा

काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ।

सोमवार भएको समूह चरणको अन्तिम दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा २ नम्बर प्रदेशले सर्वाधिक रन रेस गर्ने क्रममा ७ नम्बर प्रदेशमाथि १ विकेटको जित हात पार्‍यो। अर्को खेलमा ५ नम्बर प्रदेशले ४ नम्बर प्रदेशलाई ९ विकेटले हरायो।

प्रदेश २ र ५ को जितपछि समूह ए मा प्रदेश ७, प्रदेश २ र प्रदेश ५ को समान ४ अंक भएको छ। रनरेटको आधारमा प्रदेश ७ समूह विजेता तथा प्रदेश २ समूह उपविजेता हादै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि नै समूह बी बाट प्रदेश १ र प्रदेश ३ सेमिफाइनल पुगिसकेको छ।

प्रदेश नम्बर २ ले प्रदेश ७ ले दिएको १९७ रनको लक्ष्य २८.२ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो। प्रदेश ७ को जितमा अमित यादवले सर्वाधिक ६१ रन बनाए। ५९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै आक्रमक ब्याटिङ गरेका विवेक यादवले ३४ बलमा ६ चदङ्का र ३ छक्काको मद्दतमा नटआउट ५७ रनको योगदान गरे। साहिल पटेलले ३१ तथा तृत राज दासले १९ रन जोडे। नारायण जोशी, नरेश सावद, महेश सावद र राहुल भण्डारीले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले राहुल भण्डारीको अर्धशतक मद्दतमा ३० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। भण्डारीले ५० रन बनाए भने नारायण जोशीले ३० तथा राजन सिंहले २९ रन जोडे। बलिङमा निखिल सिंहले २ विकेट लिए।

यस्तै अर्को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो। उसका लागि अनिल बराले १६ तथा दिपेन्द्र श्रेष्ठले १२ रन बनाए। बलिङमा प्रदेश ५ का नविन भट्टराईले ३ तथा आयुष पाण्डेले २ विकेट लिए।

७८ रनको लक्ष्य प्रदेश ५ ले ९.१ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि विशाल विक्रम केसीले ३७ तथा सिजन मकाजुले ३६ रन बनाए। दुवै नटआउट रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell