
नयाँ दिल्लीः पश्चिम बंगालको राज्यको ग्राम पञ्चायत निर्वाचनमा निर्वाचन अगाडि नै सत्तारुढ दल तृष्णमुल कंग्रेस (टीएमसी) ले ३३ प्रतिशत सिटमा विजयी हासिल गरेको छ।
कुल ५८ हजार ६९२ सिट मध्ये मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले २० हजार ७६ सिटमा विजयी हासिल गरेको त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।
यसअघि सन् २००३ मा सत्तारुढ दल सीपीआर्इ(एम)ले निर्वाचन अगाडि नै ११ प्रतिशत सिटमा जित हासिल गरेको थियो।
निर्वाचनको उम्मेदवारी दर्ता भएकोमा कुल ४८ हजार ६५० ग्राम पञ्चायत मध्ये १६ हजार ८१४ सिटमा टीएमसीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै ९ हजार २१७ पञ्चायत समिति मध्ये ३ हजार ५९ सिटमा टीएमसीका उम्मेदवार निर्वाचित भएका हुन्।
यसैबीच ८२५ जिल्ला परिषद् मध्ये २०३ जिल्ला परिषद्मा सत्तारुढ दलका उम्मेदवार विजयी भएका छन्। मे १४ मा हुने निर्वाचनका लागि मनोनयन दर्ता भएको छ।