PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

माई भ्याली गोल्डकप : मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टारले जित्यो वर्षको पहिलो उपाधि



पहिलोपोस्ट

माई भ्याली गोल्डकप : मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टारले जित्यो वर्षको पहिलो उपाधि
फोटो : गोलनेपाल डट कम

काठमाडौं : चिरपरिचित प्रतिस्पर्धि लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै रुस्लान थ्री स्टारले चौथो माई भ्याली गोल्डकपको उपाधि जितेको छ।

२०७५ सालको पहिलो उपाधि जित्ने क्रममा थ्री स्टारले मनाङलाई १-० ले हरायो। थ्री स्टारको जितमा सुनिल बलले अतिरिक्त समयको चौथो मिनेटमा निर्णायक गोल गरे।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि १५ मिनेटम समय थपिएको थियो। उक्त समयमा थ्री स्टारले एक गोल गर्दै उपाधि जित्यो।

च्याम्पियन थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६७ नगद पुरस्कारसिहत ट्रफी हात पार्‍यो भने उपविजेता मनाङले ४ लाख पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell