PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई बयानका लागि बोलाइयो



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई बयानका लागि बोलाइयो

काठमाडौं : हराएको ३३ किलो सुन प्रकरणमा बयानका लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको छ।
स्रोतका अनुसार एसएसपी लोहनी बुधवार बिहान बयानका लागि विराटनगर पुग्नेछन्।

सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा अहिलेसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन प्रकरणले नयाँ मोड लिएको थियो। 

३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि नै शंका भएपछि गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते जिम्मेवारीबाट मुक्त भएको पत्र थमाएको थियो। 

उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भएका छन्। डिएसपी केसी र सञ्जेललाई छानबिन समितिले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell