PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, दिल्लीको छैटौँ हार



पहिलोपोस्ट

आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, दिल्लीको छैटौँ हार

इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती भएको खेलमा चेन्नाई सुर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ। सिजनको छैटौँ जितपछि १२ अंक जोडेको चेन्नाई हैदरावादलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ।

उता सिजनको छैटौँ हार बेहोरेको दिल्ली भने अंक तालिकाको पूछारमा छ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले शेन वाट्सन र कप्तान महेन्द्र सिंह धोनीको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। वाट्सनले ७८ तथा धोनीले ५१ रन बनाए। २२ बल खेलेका धोनीले आक्रमक ब्याटिङ गर्दै २ चौका र ५ छक्का प्रहार गरे। यस्तै अबाटे राएडुले ४१ तथा फाप डु प्लेसिसले ३३ रन जोडे।

२१२ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि रिसव पन्त र विजय शंकरले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। रिसवले ७९ रन बनाए भने शंकर ५४ रनमा नटआउट रहे। कोलिनज मनरोले २६ तथ कप्तान श्रेयास अयेरले १३ रन जोडे। चेन्नाईका केएम आसिफले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell