काठमाडौं: गायक प्रेम रावत र गायिका लक्ष्मी परियारको नयाँ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ। हिरा नेपाली र सुनिता नेपालीको शब्द रहेको 'अधिकार' बोलको भिडियोमा रन्जिता गुरुङ र बिमल अधिकारी फिचर्ड छन्।
बबिता श्रेष्ठको निर्देशनमा बनेको गीतमा सागर गौत्तमको छायाँकन र अविनास डिसीको सम्पादन रहेको छ।