काठमाडौं : रोयल थाई आर्म्ड फोर्सका डिफेन्स फोर्स प्रमुख तरनच्यान सिरुवान नेपाल आउँदैछन्।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि सिरुवान नेपाल आउन लागेका हुन्।
बुधवार उनी काठमाडौं आइपुग्ने नेपाली सेनाले जनाएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षामन्त्रीलाई भेट्ने छन्।
प्रधानसेनापति क्षेत्रीसँग उनले जंगी अड्डामा भेटघाट गर्ने छन् भने लुम्बिनी तथा पोखराको भ्रमण गर्नेछन्।
उनले भ्रमणले थाई सेना र नेपाली सेनाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले गरेको छ।