PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

एन्फा निर्वाचन विधि र विधान अनुसार हुनुपर्छ, २२ गतेको मिति अमान्य : मणि कुँवर



पहिलोपोस्ट

एन्फा निर्वाचन विधि र विधान अनुसार हुनुपर्छ, २२ गतेको मिति अमान्य : मणि कुँवर

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनको लागि तोकिएको वैशाख २२ गतेको मिति असंवैधानिक भएको एन्फाको अध्यक्षा उम्मेदवार मणि कुँवरले बताएका छन्।

मंगलवार राजधानीमा आफ्ना प्यानलका उम्मेदवारहरुको उपस्थितीमा वर्तमान कमिटिका उपाध्यक्ष समेत रहेका कुँवरले विभिन्न पक्ष मिलेर २२ गते निर्वाचन मिति तोकिएको दावी गरेका हुन्।

'हाम्रो माग भनेको विधि र विधान अनुसार निर्वाचनको मिति तोक्नुपर्छ भन्ने हो। म आफै पनि एन्फाको वरिष्ठ उपाध्यक्ष हो मलाई समेत कुनै जानकारी छैन वैशाख २२ गतेको मिति तोकिएको बारे। एन्फाको विधान अनुसार निर्वाचनको मिति कार्यकारिणी समितिले तोक्नेछ। तर यहाँ केही पक्ष मिलेर निर्वाचन कमिटीलाई जबरजस्ती २२ गते मिति तोक्न लगाइयो,' कुँवरले भने, 'ग्राण्ड डिजाइन गरेको निर्वाचन मिति तोकिएको छ।'

२२ गते नै निर्वाचन हुने भयो भने तपाईहरु भाग लिनुहुन्छ कि लिनुहुन्न भन्ने सञ्चारकर्मीको प्रश्नमा कुँवरले भने, 'त्यो मिति अवैधानिक छ विधि र विधान अनुसार हुनुपर्छ भन्ने माग हो। यसबारेमा हामी पुन: सबै जना बसेर छलफल गर्नेछौँ।'

उनले निर्वाचन कमिटिलाई जबरजस्ती गरी निर्वाचन मिति तोक्न लगाइएको दावी गरे। उनले चैत १४ गते तोकिएको निर्वाचन मिति समेत अर्को पक्षको कारण हुन नसकेको दावी गरे।

कुँवरले आफूहरु फुटबलको विकासको लागि लागिरहेको र फुटबल विकासको लागि सबै पक्षसँग बसेर छद्यफल गर्दै निकास दिन तयार रहेको समेत स्पष्ट पारे। 'एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्षका अर्का प्रत्यासी कर्मा छिरिङ शेर्पा र म हामी तीन जना सँगै बसेर छलफल गरेर फुटबललाई निकास दिउँ भनेर मैले भनेको हो।  हामी विधि र विधान अनुसार अगाडी बढ्यौँ, निर्वाचनमा जसले जितेपनि हुन्छ। सबै मिलेर संयुक्त प्रेस मिट गर्यौँ भनेको हो। उहाँहरु (कर्मा) मान्नु भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell