PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कम्युनिस्ट एकताका लागि विश्व मजदुर नेताको आग्रह



पहिलोपोस्ट

कम्युनिस्ट एकताका लागि विश्व मजदुर नेताको आग्रह

काठमाडौंः वल्र्ड ट्रेड युनियन फेडेरेसन (डब्लुएफटीयु)का अध्यक्ष मिखाइल माकवाइवाले नेपालमा कम्युनिस्टहरूको एकता आवश्यक रहेको बताएका छन्। 

विश्वमा कम्युनिस्टहरूको विभाजित भइरहेको अवस्थामा कम्युनिस्टहरू एकतावद्ध हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमा कम्युनिस्टहरू एक हुनुपर्छ, यसका लागि विश्वभरका मजदुतरहरुको ऐक्यवद्धता छ।’

नेपालमा रहेका ८ वटा ट्रेड युनियन संगठनले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस)मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उनले नेपालका मजदुरहरूले कम्युनिस्टहरूको एकताका लागि दबाब दिन समेत आग्रह गरे। 

नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता हुन लागेको भन्दै उनले शुभकामना दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell