PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

यू-१६ राष्ट्रिय क्रिकेटको उपाधिका लागि प्रदेश ७ र प्रदेश २ भिड्ने



पहिलोपोस्ट

यू-१६ राष्ट्रिय क्रिकेटको उपाधिका लागि प्रदेश ७ र प्रदेश २ भिड्ने

काठमाडौं : प्रदेश नम्बर ७ र प्रदेश नम्बर २ प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका भिड्ने भएका छन्।

मंगलवार भएको सेमिफाइनलमा प्रदेश ७ ले प्रदेश १ तथा प्रदेश २ ले प्रदेश ३ लाई हराउँदै फाइनल भेट पक्का गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा प्रदेश ७ ले प्रदेश १ लाई ५ विकेटले हरायो।

प्रदेश १ ले दिएको १४९ रनको लक्ष्य प्रदेश ७ ले २२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। प्रदेश ७ का सुवास ऐरले ३७, राजन सिंहले ३२ तथा रोशन सावदले २३ रन बनाए। राहुल भण्डारीले नटआउट २५ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १४८ रन जोडेको थियो। उसका विवेक महताले सर्वाधिक ४१ रन बनाए। प्रदेश १ लाई कम स्कोरमा रोक्न प्रदेश ७ का नरेन्द्र सावदले ६ ओभरमा १ मेडन राख्दै १३ रन मात्र खर्चेर ४ विकेट लिए।

यस्तै दोस्रो सेमिफाइनलमा प्रदेश २ ले प्रदेश ३ लाई ४१ रनले पराजित गर्‍यो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले अमित यादव र विवेक यादवको अर्धशकत मद्दतमा प्रतियोगिताकै सर्वाधिक २१६ रन बनाएको थियो।

अमितले ७४ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८६ रन बनाए। यस्तै २६ बल खेलेका विवेकले आक्रमक ब्याटिङ गर्दै १ चौका र ७ छक्काको मद्दतमा नटबउट ६३ रन बनाए। सुजित शाहले ३५ रन जोडे। प्रदेश ३ का कप्तान प्रतिस जिसी र सुशान्त कार्कीले समान २ विकेट लिए।

जवाफमा २१७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले २८.५ ओभरमा सबै विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। कप्तान प्रतिश जिसीले ४८, दीपक बोहराले ३० तथा सम्भव श्रेष्ठले ३४ रन बनाएपनि प्रदेश ३ लाई जितसम्म पुर्‍याउन सकेनन्। प्रदेश ३ लाई अलआउट गर्न प्रदेश २ का लागि विक्रम कुश्वाहले ६ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। सन्नी शाले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell