PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रदेश ३ मा हाइ प्रोफाइलदेखि तस्करसम्म, सुरक्षा कडा पार्नुस् : गृहमन्त्री 



पहिलोपोस्ट

प्रदेश ३ मा हाइ प्रोफाइलदेखि तस्करसम्म, सुरक्षा कडा पार्नुस् : गृहमन्त्री 

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नम्बर ३ हरेक किसिमले महत्वपूर्ण भएकाले विशेष सुरक्षा अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
 
बुधवार हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘तस्कर, भष्ट्राचारी, फटाहा, डन लगायत अपराधीहरुको बसोबास भएकाले सुरक्षा कडा बनाउन’ निर्देशन दिएका हुन्। बैठकमा सहभागी सुरक्षा निकायका एक अधिकारीले गृहमन्त्रीलाई उदृत गर्दै भने, ‘तीन नम्बर प्रदेशबाट जाने सन्देशले अरु प्रदेशलाई समेत प्रभाव पार्छ। त्यसैले विशेष सुरक्षा दिएर नमुना बनाउनुहोस्।‘

सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले राजनीतिक दवाव आए पनि अपराध गर्नेलाई सहयोग नगर्न निर्देशन दिए। समाजमा राजनीतिक, आर्थिक र सांस्कृतिक अपराध हुने गरेको भन्दै जनताले महसुस हुने गरी सुरक्षा प्रदान गर्ने निर्देशन दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell