PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

वीरगंजमा सुतली बम विस्फोट, एक भारतीय नागरिक घाइते



राधेश्याम पटेल

वीरगंजमा सुतली बम विस्फोट, एक भारतीय नागरिक घाइते

वीरगंज : वीरगंजमा आज अपराह्न ५ बजे बम विस्फोट हुँदा एक भारतीय नागरिक घाइते भएका छन्।

घण्टाघर–पावरहाउस सडकखण्डको पानीटंकी चोक नजिक रहेको कमलराउत कुर्मीको घरमा अज्ञात समूहले राखेको सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ। 

विस्फोटमा परी भारतको बिहार राज्य छपराका १८ वर्षीय अमितकुमार पाण्डे घाइते भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले बताए। उनका अनुसार घरभित्र रंगरोगन गर्ने क्रममा बम विस्फोटमा परी पाण्डे घाइते भएका हुन्।

पाण्डेको दाहिने खुट्माटामा चोट लागेको छ र हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार गराइरहेका छन्।

कुर्मीले एक महिना अघि घर किनेर आँखा अस्पताल सञ्चालन गर्न दिएका थिए। अस्पताल सञ्चालनका लागि घरको रंगरोगनको काम भइरहेको थियो।बम विस्फोट कसले गराएको बारेमा खुल्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell