PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

चीन अमेरिका व्यापार तनाबः दुई देशका अधिकारी भेट गर्दै



पहिलोपोस्ट

चीन अमेरिका व्यापार तनाबः दुई देशका अधिकारी भेट गर्दै
Photo: REUTERS

बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङका आर्थिक सल्लाहकार मध्येका एक तथा चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री लिउ हेले अमेरिकी ट्रेड डेलिकेटसँग यही साता भेट गर्ने भएका छन्। 

चिनियाँ सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै रोयटर्सले जनाए अनुसार दुई ठुला आर्थतन्त्रबीच पछिल्लो व्यापार विवादका विषयमा छलफल हुन लागेको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५० विलियन अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनमा कर लगाउने चेतावनी दिएपछि दुई देशबीच विवाद चर्किएको छ। यस्तो अवस्थामा दुई देशका प्रतिनिधिबीच भेटवार्ता हुन लागेको हो। 

समाचार अनुसार अमेरिकी अधिकारीहरूलाई चीनले बिहीबार र शुक्रवार मध्ये एक दिन चीनमा स्वागत गर्ने छ। चीन आउने अधिकारीलाई उपप्रधानमन्त्री लीउले भेट गर्ने छन्। 

चीन आउने अमेरिकी प्रतिनिधि मण्डलमा अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटिन्जर, ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन, कमर्स सेक्रेटरी विलबर रोस, ह्वाइट हाउसका व्यापार तथा उत्पादन सल्लाहकार पिटर नाभारो र ह्वाइट हाउसका नयाँ आर्थिक सल्लाहकार ल्यारी कुडल सहभागी हुने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell